Logo

सिटिजन्स बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भाटभटेनीमनी ट्रान्सफरबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापश्चात् भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिटिजन्स बैंकका कुनै पनि शाखाबाट सहज र सरल ढंगले प्राप्तगर्न सकिनेछ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । ‘योर पार्टनरफर प्रोग्रेस’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पु¥याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्