बेनेलीले गर्‍यो मोटोभ्लगर भेला «

बेनेलीले गर्‍यो मोटोभ्लगर भेला

इटलेली दुई पांग्रे ब्रान्ड बेनेलीले मोटोभ्लगरहरुको भेला गरेको छ ।
कम्पनीले भिडियोग्राफीबाट रचनात्मक कुरा ल्याउन क्रिएटर, मेकरको भेला आयोजना गरेको जनाएको छ । सो भेलामा ४० मोटोभ्लगर उपस्थित भएको कम्पनीले जनाएको छ ।
भेलामा मोटोभ्लगरलाई सडक सुरक्षा, मोटरसाइकलको अवैध अदलबदलबारे शिक्षा दिइएको थियो भने उनीहरुले पनि यात्राका दौडान बटुलेका अनुभव आदानप्रदान गरेका थिए ।
भेलामा बेनेलीले ७५२एस, टीएनटी६००आई, २०२एस, टीआरके२५१ र पानारिया १२५ जस्ता फ्ल्यागसिप मोडल प्रदर्शनी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्