Logo

ईयूले हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालोसूचीबाट हटाउने बताएका छन् । आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम सम्बन्धी पत्रकार भेटघाट कार्यक्रम’मा मन्त्री श्रेष्ठले छिट्टै नेपाललाई युरोपियन युनियनले कालोसूचीबाट हटाउने बताएका हुन् ।
उनले आईकाओले गरेको अडिट अनुसार नेपालको हवाई क्षेत्र राम्रो रहेको बताए । उनले सम्बन्धित पक्षले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउँछौं भनिसकेको उल्लेख गर्दै त्यसपछि नेपाल कालोसूचीबाट हट्ने बताए ।
उनले भैरहवा विमानस्थललाई पूर्ण रुपमा सञ्चालन गरिने पनि बताए । त्यसका लागि नयाँ विमान कम्पनीहरुलाई आकर्षित गर्ने र सुविधाहरु दिइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्