सिटिजन्स बैंकका तीन शाखा विस्तार «

सिटिजन्स बैंकका तीन शाखा विस्तार

सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंका विभिन्न तीन स्थानमा शाखा विस्तार गरेर सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले भक्तपुरको सूर्यविनायक, काठमाडांैको धुम्बराही र ललितपुरको थसिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडांै उपत्यकाभित्र बैंकका ३५ वटा शाखाहरु र बागमती प्रदेशमा ४९ वटा शाखा सञ्चालनमा रहेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले सुविधा सम्पन्न नयाँ शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य लिएको बैंकले जनाएको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्