भेडेटारका होटलमा स्टिकर «

भेडेटारका होटलमा स्टिकर

धनकुटाको पर्यटकीय क्षेत्रका रूपमा रहेको सिम्सुवा र भेडेटारका होटलको अनुगमन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले होटलको स्तर अनुुसारका स्टिकरटास गरको छ ।
कार्यालयले १३ वटा होटलमा गरेको पहिलो चरणको अनुगमनमा ५० प्रकारमा मापदण्ड बनाई होटलहरूले त्यसको पालनाको आधारमा अंक दिई सामान्य, सन्तोषजनक, उतम र अति उत्तम गरी ४ भागमा होटलको विभाजन गरी स्टिकरटास गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटा निमित प्रमुख शिवशंकर मिश्रले जानकारी दिए ।
अनुगमनमा ५ वटा होटलले सामान्य ७ वटाले सन्तोषजनक र १ वटाले उत्तम स्तरको मापदण्द पूरा गरेको अनुगमनको क्रममा भेटिएको मिश्रले बताए । सरकारी निकायबाट भएका यस्ता अनुगमनले आफूहरूलाई समेत सुधार गर्दै जानका लागि प्रेरण र हौसला मिलेको होटल एसोसिएसन भेडेटारका संस्थापक अध्यक्ष एवं अरुण भ्याली होटलका सञ्चालक विष्णुराज श्रेष्ठले बताए । होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र राईले यस्ता अनुगमन निरन्तर हुनुपर्ने बताउँदै यसले समग्र भेडेटारमा रहेका होटललाई सुधार गर्दे पर्यटकलाई अझ राम्रो र गुणस्तरीय सेवा दिनका लागि सहयोग पुग्ने बताए । उनले भने होटलहरूको सरकारी निकाय बाट यस्ता अनुगमन निरन्तर हुनुपर्छ यसले गर्दा सुधारको मौका मिल्नेछ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटा निमित प्रमुख शिवशंकर मिश्रले आगामी दिनमा समेत कार्यालयले नियमित अनुगमन गर्ने बताउँदै भेडेटारका होटलहरूलाई आफूहरूले अतिउत्तम स्तरका होटलका रूपमा हेर्न चाहेको धारण राखेका थिए । बाह्रै महिना चिसो हुने भेडेटारमा वार्षिक २ लाखभन्दा बढी आन्तिरक र बाह्य पर्यटक घुम्नका लागि आउने गरेको होटल एसोसिएसन भेडेटारले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्