रोटरी क्लब अफ धुलिखेलद्वारा पुन्य मावि पनौतीलाई कम्प्युटर सहयोग

रोटरी क्लब अफ धुलिखेलले प्रभावकारी कम्प्युटर सिकाइका लागि पुन्य मावि पनौतीलाई १० थान कम्प्युटरहरू, १० थान कम्प्युटर टेबल र १० थान कम्प्युटर कुर्सी सहयोग गरेको छ । हाल विद्यालयमा रहेका कम्प्युटरहरू अपुग भएका कारणले सिकाइमा कठिनाइ भएकाले रोटरी क्लब अफ धुलिखेलले सहयोग गरेको हो । एक कार्यक्रममा क्लबका पूर्वअध्यक्ष तथा एसिसटेन गभर्नर रन्जीव श्रेष्ठ तथा क्लबका अध्यक्ष लक्ष्मी खनालले संयुक्त रूपमा विद्यालयलाई हस्तान्तरण गरेका थिए ।