टोस्ट मास्टर्स डिस्ट्रिक्ट ४१ को तालिम कार्यक्रम «

टोस्ट मास्टर्स डिस्ट्रिक्ट ४१ को तालिम कार्यक्रम

टोस्ट मास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले नेपालमा पहिलो पटक डिस्ट्रिक्ट अफिसर तालिम कार्यक्रमको आयोजना गरेको छ ।
तीन दिन आयोजना गरिएको कार्यक्रममा नेपाल र भारतका ९० भन्दा बढी डिस्ट्रिक्ट अफिसर सहभागी थिए । कार्यक्रममा उनीहरुले आफ्नो नेतृत्व सीप विकास गर्दै सामाजिक सम्बन्ध बढाउने मौका पाएको बताए । कार्यक्रममा डिस्ट्रिक ४१ का अनुभवी तथा उत्कृष्ट नेतृत्वपंक्तिले प्रेरणादायी वक्तव्य दिँदै तालिम सञ्चालन गरेका थिए । अमेरिकामा सन् १९२४ देखि सुरु भएको टोस्ट मास्टर्स इन्टरनेसनल हाल विश्वका १४९ राष्ट्रमा फैलिएको छ । नेपालमा यो संस्था सर्वप्रथम सन् १९९१ मा सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्