टाटा नेक्सन ईभी नेपाली बजारमा प्रवेश गरेको एक वर्ष पूरा «

टाटा नेक्सन ईभी नेपाली बजारमा प्रवेश गरेको एक वर्ष पूरा

टाटा नेक्सनको विद्युतीय सवारी साधन नेपाली बजारमा प्रवेश गरेको एक वर्ष पूरा भएको छ ।
भारतको अग्रणी विद्युतीय सवारी साधन निर्माता कम्पनी टाटा मोटर्सले उत्पादन गर्ने टाटा नेक्स इभीलाई नेपालमा आधिकारिक रुपमा सिप्रदी ट्रेडिङ कम्पनीले बिक्री गर्दै आएको छ ।
एक वर्षको छोटो अवधिमै उपभोक्तामाथि लोकप्रिय बन्न सफल भएको दाबी गर्दै कम्पनीले टाटा नेक्सन इभीको बजार हिस्सा अन्य विद्युतीय सवारी साधनको तुलनामा बढी भएको बताएको छ ।
आकर्षक बनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून सञ्चालन खर्च, उत्कृष्ट कार्यक्षमता भएको नेक्सनका अन्य विशेषतामा द्रुत चार्जिङ्ग क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षा भएको कम्पनीको दाबी छ । ‘फास्ट चार्जिङ र स्लो चार्जिङ दुवैका लागि चर्जिङ स्टेसनको बृहत सञ्जालका कारण उपभोक्तालाई सहज भएको कम्पनीको भनाइ छ ।
‘यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट इभी चर्जिङ्ग एप– इजी एप–मार्फत् चार्ज गर्न सकिछ । एपको प्रयोग हाल १ हजारभन्दा बढी परिवारहरुले गरिरहेका छन्,’ कम्पनीले भनेको छ ।
कम्पनीका अनुसार १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक सञ्जाल छ भने कम्पनीले हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२० भन्दाबढी एसी चार्जरहरु जडान गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्