एनआईसी एशिया लघुवित्तको प्रतिसेयर आम्दानी ३३.६७ «

एनआईसी एशिया लघुवित्तको प्रतिसेयर आम्दानी ३३.६७

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
लघुवित्त क्षेत्रमा शाखा सञ्जाल विस्तारमा पहिलो स्थानमा रहेको यस संस्थाले विषम परिस्थितिमा पनि अधिकांश वित्तीय परिसूचकमा उत्साहजनक विवरण रहेको जनाएको छ ।
संस्थाले चौथो त्रैमासमा कुल लघुकर्जा २१ अर्ब ८४ करोड ७३ लाख रुपैयाँ पुर्‍याएको छ । समीक्षा अवधिमा संस्थाले ४ अर्ब ९५ करोड ५६ लाखले कुल कर्जा लगानी बढाउन सफल भएको बताइएको छ । प्रतिसेयर आम्दानी ३३.६७ रहेको वित्तीय संस्थाको नाफा यस वर्ष ५८ करोड ५६ लाख रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको स्व–पुँजीमा प्रतिफल वार्षिक २२.८५ प्रतिशत रहेको बताइएको छ ।
तरलता अभावको यस विषम परिस्थितिमा समेत वित्तीय संस्थाले बचत परिचालनतर्फ भने ३ अर्ब ३५ करोड २६ लाख रहेको बताइएको छ । वित्तीय संस्थाले कर्जा असुलीमा प्रभावकारी रुपमा आाफ्नो स्रोत तथा साधनको परिचालन गरी उत्साहजनक नतिजा हासिल गर्न सफल भएको छ । जसले गर्दा निष्कृय कर्जालाई १.४३ प्रतिशतमा सीमित राख्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्