उद्यामी बन्न चाहनेलाई नबिल इन्भेष्टमेण्ट बैंकिङको सहयोग

नबिल इन्भेष्टमेण्ट बैंकिंगले उद्यमी बन्न चाहानेहरुलाई परामर्श दिने भएको छ ।
कम्पनीले उद्यधमी बन्ने वा आफ्नो उद्योगलाई अझ विस्तार गरी व्यावसायिक गतिविधि सञ्चालन गर्न चाहने व्यक्ति तथा संस्थाका लागि संस्थागत परामर्श दाता सेवाअन्तर्गत प्रत्येक नेपाली महिनाको अन्तिम शुक्रवारका दिन पिच–नीक सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले प्रत्येक उद्यमी तथा उद्यमी बन्न चाहनेबाट उनीहरुको सम्भव हुन सक्नेसम्मको उत्तम व्यावसायिक विचारलाई व्ययसायिक सोचलाई वास्तविकतामा बदल्न मद्दत गर्ने जनाएको छ ।
कम्पनीले भविष्यमा सञ्चालनमा ल्याउन लागेको विशिष्टकृत लगानी कोष अन्तर्गतको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोषमार्फत पनि उत्तम व्यावसायिक विचार र नवीतम सोच भएका उद्यमीको नयाँ क्षेत्रको व्यवसाय आरम्भ गर्न वा भएको व्यवसायको सिर्जनात्मक र गुणात्मक विस्तार गरी भेन्चर क्यापिटलको व्यवस्थामार्फत लगानीको वातावरणलाई सहज गरिदिने जनाएको छ । यो सेवा प्रायजसो सुरुवात र हुर्कने अवस्थामा रहेका कम्पनीका लागि आवश्यक हुन सक्ने बताइएको छ ।
भेन्चर क्यापिटल अन्तर्गत परामर्शदाताले लगानीकर्ता र व्यवसायलाई लगानीको दृष्टिकोणले जोड्ने सेतुको कार्य गर्ने कम्पनीको दावी छ । यो सेवाअन्तर्गत बैंक तथा वित्तीय संस्थामा व्यवसायिको निर्भरतालाई घटाइ लगानीका अन्य सिर्जनशील उपायद्वारा पुँजीको उपलब्धता गराउने कम्पनीले जनाएको छ ।