‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रमको आवेदन खुला «

‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रमको आवेदन खुला

नबिल बैंकले ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रमको दोस्रो ब्याचका लागि आवेदन खुला गरेको छ ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल आफ सोसल इन्टरप्रेनरसिप इन्डियाको प्राविधिक सहयोगमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।
कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधिलगायत क्षेत्रमा नविनतम सोच भएका १८ देखि ५० वर्ष पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने लक्ष्य लिइएको यो कार्यक्रम ६ महिनासम्म चल्ने बैंकले जनाएको छ । हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ । तालिम अवधिभर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरूलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यावहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्