लुम्बिनी विकास बैंकका अध्यक्ष श्रेष्ठद्वारा सपथ «

लुम्बिनी विकास बैंकका अध्यक्ष श्रेष्ठद्वारा सपथ

लुम्बिनी विकास बैंकले सञ्चालक समितिले प्रविणकृष्ण श्रेष्ठलाई अध्यक्ष चयन गरेको छ ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको शिक्षा हासिल गरी स्ट्याण्र्डर्ड चार्टर्ड बैंक नेपाल र माछापुच्छ्रे« बैंकको उच्च व्यवस्थापन तहमा रही करीब २ दशक काम गारिसकेका छ्न् । त्यसपश्चात विगत ४ वर्षदेखि लुम्बिनी विकास बैंकको सञ्चालक रहेका थिए । उनको कुशल नेतृत्वमा थप व्यापार विस्तार हुने अपेक्षा लिएको बैंकले जनाएको छ ।
शपथ ग्रहणको अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकडा. गुणाकर भट्ट, निर्देशक बुद्धराज शर्मा, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा पनि उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्