जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबीच सम्झौता «

जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबीच सम्झौता

जनरल इन्स्योरेन्स कम्पनी नेपाल र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबीच नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजका प्रबन्ध निर्देशक भीमप्रसाद तुलाचनले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात इन्स्योरेन्सबाट औषधोपचा र बिमा सेवा खरिद गर्ने ग्राहकले बिमालेखको सीमासम्म लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबाट नगदरहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्