सेन्ट्रल कलेज अफ भोकेशनलद्वारा छुटको घोषणा «

सेन्ट्रल कलेज अफ भोकेशनलद्वारा छुटको घोषणा

सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले विद्यार्थीलाई छुट दिने घोषणा गरेको छ । दलित, जनजाति, सिमान्तकृत समुदाय, खेलाडी, महिला तथा अन्य जिल्लाबाट चितवन वा नवलपुरमा डेरा गरी बस्दै आएका विद्यार्थीलाई वैदेशिक अध्ययनमा जान चाहेमा सहुलियत दिने जनाएको छ ।
कलेजका प्रिन्सिपल यज्ञविलाश पौडेल वाइवीले विद्यार्थीको आर्थिक अवस्था हेरेर न्यूनतम १० हजार रुपैयाँ भन्दा बढी छुट दिने बताए । १२ वर्षदेखि शैक्षिक क्षेत्रमा सक्रिय सेन्ट्रल कलेजले शैक्षिक परामर्श, भाषा कक्षा, सीपमूलक तालिमहरु दिँदै आएको छ । उच्च शिक्षाका लागि जापान जान चाहेका विद्यार्थीलाई शैक्षिक परामर्श र भिजा प्रोसिङ गर्दै आएको कलेजले हाल अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजरल्याण्ड, भारत, युरोप, दक्षिण कोरिया लगायतका देशमा समेत विद्यार्थीलाई जान सहजीकरण गर्दै आएको छ ।
शहिदचोकको प्रेस मार्गमा मुख्य कार्यालय रहेको कलेजको सौराहा चोक, पर्सा, कावासोती नवलपुरमा सम्पर्क कार्यालय छन् । देशभर १० वटा शाखाहरु छन् । कलेजमा जापानिज भाषा, आइएलटिएस, पिटिई, टोफललगायतका भाषा कक्षाहरु सञ्चालन हुँदै आएका छन् । हाल १ हजार बढी विद्यार्थीले भाषा कक्षा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्