अस्ट्रेलियाका डोनाल्ड ट्रम्पःचुनावी खर्च साढे ४ अर्ब रुपैयाँ «

अस्ट्रेलियाका डोनाल्ड ट्रम्पःचुनावी खर्च साढे ४ अर्ब रुपैयाँ

अस्ट्रेलियामा शनिबार आम निर्वाचन भएको छ । यो वर्ष कैयौ चिर परिचित राजनीतिज्ञले प्रधानमन्त्र िपदको दावेदारी पेश गरेका छन् । यी सबका बीच एक फरक नाम अर्बपति क्लाइव पामरको हो । विशेष के छ भने राजनीतिमा रुची राख्न पामर दोस्रो पटक चुनावी मैदानमा उत्रिएका छन् । उनले आपूmलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शैलीबाट प्रस्तुत गरेका छन् । उनी आफ्नो प्रचारको धेरैजसोे खर्च आफ्नै थैलीबाट गरिरहेका छन् । यसका साथसाथै उनको अभियानको तरिका पनि ट्रम्पको जस्तै रहदै आएको छ ।
पामर तथा ट्रम्पबीच खर्चलाई लिएर सबैभन्दा समानताको विषय भनेको दुवैले चुनावमा प्रचारका लागि आफ्नै पैसा प्रयोग गरिरहेका छन् । ट्रम्पले अमेरिकी चुनावमा आफ्नो कमाइबाट ६ करोड डलर अर्थात साढे ७ अर्ब रुपैयाँ खर्च गरेका थिए । यसैगरी पामारले पनि टेलिभिजन विज्ञापन, पोष्टर, मोबाइल पब्लिसिटी तथा पोष्टर–होर्डिङको अभियानमा ६.६ करोड अस्ट्रेलियन डलर अर्थात साढे ४ अबै रुपैयाँ खर्च गरेका छन् । यो अस्ट्रेलियाको दुई ठूला पार्टिको कुल खर्च भन्दा पनि बढी हो ।
ट्रम्प जस्तै चीन बिरोधी पामर
यसका अलावा पामर चीनको ठूलो बिरोधीको रुपमा देखा परेका छन् । पामरका अनुसार चीनले देशको कारोबारमा ठूलो नोक्सानी पु¥याउन सक्छ । यही अवस्थामा उनी सरकारसँग सम्बन्धित एक चिनियाँ कम्पनीको बिरुद्धमा कानुनी लडाइ पनि लडिरहेका छन् । ट्रम्पलेप न २०१६ मा चीनले व्यापारमा अमेरिकालाई घाटा पु¥याइरहेको आरोप लगाएका थिए । उनी सरकारमा आएपछि यसलाई परिवर्तन गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका थिए ।
पामर अस्ट्रेलियाको राजनीतिमा नयाँ अनुहार होइन । २०१३ मा उनी प्रतिनिधि शभामा चुनावमा होमिएका थिए र ५३ सीटको सानो अन्तरबाट जीत हासिल गरेका थिए । यो वर्ष उनको पार्टिका अन्य ३ उम्मेद्वारले सिनेटमा जितेका छन् । तर पामर राजनीतिमा केबल ३ वर्ष मात्रै टिकेका छन् । यो अवधिमा उनी कैयौ पटक संसदमा कम उपस्थित भएको आरोप खेप्न बाध्य भएका छन् ।

टाइटानिक जहाजको नक्कल तयार गर्दैछन् पामर
फोब्स म्यागेजिनका अनुसार पामरको कुल सम्पत्ति २.६ अर्ब डर रहेको छ । उनी लोकप्रिय टाइटानिक जहाजको एक नक्कल पनि बनाइरहेका छन् । पामर यो जहाजलाई उक्त जहाज दुर्घटना भएकै ठाउँमा उतार्न चाहन्छन् । आम निर्वाचनमा उनको युनाइटेड अस्ट्रेलिया पार्टिले प्रतिनिधि शभाको बसै १५१ सीटमा उम्मेद्वार उठाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्