खल्तीको भुक्तानी जात्रामा ५ लाख प्रयोगकर्ताले गरे धेरै कारोबार «

खल्तीको भुक्तानी जात्रामा ५ लाख प्रयोगकर्ताले गरे धेरै कारोबार

खल्तीले १२ जेठदेखि ३२ असारसम्म आयोजना गरेको ५२ दिने भुक्तानी जात्रामा धेरै संख्यामा कारोबार भएको छ ।
कम्पनीका अनुसार द बिगेस्ट पेमेन्ट जात्रा अफरमा सफलतापूर्वक ५ लाखभन्दा बढी प्रयोगकर्ताले १ करोडभन्दा बढी संख्यामा कारोबार गरेका छन् ।
डिजिटल भुक्तानी प्रति आकर्षित गर्ने उद्देश्यका साथ खल्तीले समय समयमा आफ्ना प्रयोगकर्ताहरूका लागि विभिन्न आकर्षक अफरहरू प्रदान गर्दै आइरहेको छ । यही शैली जारी राख्दै खल्तीले करोड बराबरको अफरको रुपमा ‘द बिगेस्ट पेमेन्ट जात्रा’ आयोजना गरेको थियो । यो अफरअन्तर्गत खल्ती प्रयोगकर्ताहरूले सहभागिता जनाई क्यस्ब्याक तथा थुप्रै उपहारकाको फाइदा लिएका थिए ।
साथै हरेक दिन १ बजेदेखि सुरु हुने फायरसेलअन्तर्गत २ लाख भन्दा बढी प्रयोगकर्ताहरू लाभान्वित भएका थिए जसमा ५० प्रतिशतसम्म क्यासब्याक प्रदान गरिएको थियो । अफरको आकर्षक केन्द्रबिन्दुको रूपमा रहेको ३ वटा ‘बजाज पल्सर एनएस १६० एबीएस’ तीन भाग्यशाली विजेताले लक्की ड्रमार्फत प्राप्त गरेको खल्तीले जनाएको छ ।
यति मात्र नभई अफरमा सहभागिता जनाउने ७६ भाग्यशाली प्रयोगकर्ताले पुरस्कार स्वरूप समग्रमा ७ वटा इलभ एगिकको ४३ इन्चको स्मार्ट टिभी, १४ वटा स्मार्ट फोन, ५२ वटा फ्लाइट टिकट १ रुपैयाँमा, ५२ वटा स्मार्टब्यान्ड लक्की ड्रमार्फत प्राप्त गर्दा निकै खुसी महसुस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्