जनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेजबीच सम्झौता «

जनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेजबीच सम्झौता

जनरल इन्स्योरेन्स कम्पनी नेपाल र गण्डकी मेडिकल कलेजबीच नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेजका प्रा. डा.रविन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात जनरल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकले बिमा लेखको सीमासम्म गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबाट नगदरहित हस्पिटलाइजेशन सुविधा प्राप्त गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्