प्रेमगन्ज युरोपका ४४ देशमा एक साथ प्रदर्शन हुने «

प्रेमगन्ज युरोपका ४४ देशमा एक साथ प्रदर्शन हुने

चलचित्र प्रेमगन्ज जर्मनीलगायत युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्र सरह एकसाथ प्रदर्शन हुने भएको छ ।
अहिलेसम्मको नेपाली चलचित्रको इतिहास हेर्ने हो भने धेरै चलचित्र बिदेशमा प्रदर्शन त भएका छन । तर, नेपालीले नेपाली कम्युनिटीमा नै ब्यतिगत रूपमा टिकट बिक्री गरेर, रेस्टुरेन्ट तथा सभा हलमा प्रदर्शन गर्ने गरिएको छ ।
तर, अब “प्रेमगन्ज“ भने सार्वजनिक रूपमै बिदेशी चलचित्र सरह बिदेशी दर्शकहरूमाझ थिएटर मै प्रदर्शन हुने भएको छ । अन्तर्राष्ट्रिय कम्पनीले नेपाली भाषाको चलचित्र यसरी प्रदर्शन गर्न लागेको यो नेपाली इतिइहास मै पहिलो पटक हो । प्रेमगन्ज जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्ड लगाएत युरोपका ४४ देशमा प्रदर्शन हुनेछ ।
चलचित्र प्रेमगन्जलाई जर्मनी अबस्थित यिपबज भलत ले युरोप प्रदर्शन गर्दै छ । जुन जर्मनीको प्रतिन्ठित बितरक कम्पनी हो ।
अन्तर्राष्ट्रिय रुपमा यसरी पदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो । अहिले हामिले पैसाभन्दा पनि बाटो खोजिरहेका छौं । यसले गर्दा भबिस्यमा निर्माण हुने अन्य नेपाली चलचित्रलाई बाटो खुल्ने छ । निर्देशक परिच्छेद सेनले भने ।
निर्देशले भन्छन्, चलचित्रको टिजर विभिन्न देशका विभिन्न कम्पनीहरूलाई देखाइरहेको छौँ । सबैले नेपालमा पनि फिल्म इन्डट्री छ ? भनेर सोध्नु हुन्छ , यसरी सोध्दा भने दुख लाग्छ । तर एक्प्प्ल टीभी गूगल टि.भि, हट्स्टार लगायतका ले चलचित्र हेर्न खोजिरहेका छन् ।
इन्डिया रिलिज पनि एख्च् जस्तो प्रतिष्ठित कम्पनीले बितरण गर्ने कुरा छ । हामी नयाँ फिल्म मेकर भएर पनि उहाहरूले हाम्रो फिल्म प्रती चासो देखाईरहनु भएको छ, हामिलाई फिल्म मेकर भनेर स्वीकार गरिरहनु भएको छ । हामी अहिले यतिमै खुसी छौ । हेरौं कहाँ–कहाँ प्रदर्शन गर्न सकिन्छ ।
हामीले यो चलचित्र बाट पैसा कमाउनेभन्दा पनि आगामी चलचित्रका लागि बाटो खोजिरहेका छौँ निर्देशकले कुरा थपे । प्रेमगन्ज भारतमा पनि एकसाथ प्रदर्शन हुँदैछ । यही भाद्र तीन गते राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा एकसाथ प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्