Logo

युरोपमा जडिबुटीको बजार बिस्तार गर्न

युरोपियन बजारमा स्वदेशी जडीबुटी बिस्तार गर्नका लागि नेपाली प्रतिनिधिमण्डल जर्मन प्रस्थान गरेको छ । नेपालका कृषिजन्य तथा वनजन्य उत्पादनहरूको निर्यात अर्गानीक प्रमाणीकरण उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग तथा परराष्ट्र मन्त्रालय जर्मनस्थित नेपाली राजदूतावास र नेपाल हव्र्स तथा हर्वल उत्पादक संघको व्यवस्थापनमा प्रतिनिधिमण्डल जर्मन पुगेका हुन् ।
जर्मनको न्यूरेनवर्गमा आगामी २६–२९ जुलाईसम्म हुने बायोफास मेलामा नेपालका ५ वटा कंपनी उद्योग छनोट भई सहभागिताका लागि २४ नेपाल हव्र्स तथा हर्वल उत्पादक संघका निर्वतमान अध्यक्ष गोविन्द घिमिरेको नेतृत्वमा १५ सदस्य प्रतिनिधिमण्डल जर्मन पुगेका छन् । मेलामा परराष्ट्र मन्त्रालयको विषेश महत्वका साथ नेपाली वस्तुहरूको बजार प्रवद्र्धन गर्न २०२० देखि परराष्ट्र मन्त्रालय जर्मन नेपाली राजदूतावास र नेहपाको पहलमा सुरु भएको हो । कोभिडका कारण २ वर्ष निरन्तरता दिन आयोजक संस्थाले गर्न नसकेको हुँदा फेब्रुअरी २०२२ मा तय भएको मेला स्थगन गरि आगामी जुलाई २६ देखि गर्ने भएको हो । नेपाली राजदूतावसको संयोजन तथा सम्वन्धित वस्तुगत संघको सक्रियतामा सम्पन्न भएको यस मेलामा १२१ औं राष्ट्र नेपालले कन्ट्री प्याभिलियनका रूपमा सन् २०२० देखि सहभागिता नेपाल सरकार र निजी क्षेत्रको तर्फबाट भएको हो ।
नेपालका अर्गानिक प्रमाणिकरण भएका वस्तुहरू जस्तै मसला जन्य टिम्मुर, बेसार,अदुवा, अलैची, सिल्टिमुर, चिया, कफी, जडीबुटीका सारतत्व सुगन्धित तेल, चिउरी, ढटेलोका तेलहरूको बजार लिन सफल भएको घिमीरेले बताए । “मेलामा ५० करोडको व्यापार हुने अपेक्षा गरिएको छ, युरोपमा हुने सवै भन्दा ठूलो मेला, ३५०० स्टल १२१ राष्ट्रको सहभागिता रहेको छ र अर्गानिक प्रमाणीकरण खाद्य र सौन्दर्य प्रसाधनको तयारी वस्तु तथा औधोगिक कच्चा पदार्थको श्रोतको ठूलो बजार प्रवद्र्धन गर्ने प्लेटफर्मका रूपमा प्रख्यात मेला हो,” उनले भने, “चार दिनसम्म सञ्चालन उक्त मेलामा ससारभरीका औद्योगिक खाद्य तथा सौन्दर्य उत्पादन गर्ने व्यवसायी घरनाहरूको जमघट, क्रेता विक्रेताहरूको समन्वय, बजार विस्तार गर्ने थलोको रुपमा लिने गरिएको छ ।”
मेलाका लागि अर्थ मन्त्रालयबाट निरन्तर बजेट विनियोजन भई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले मन्त्रालयको सिफारिसमा गत आ.व २०७८/७९ को बजेटवाट मेलाका लागि करिब ३५ लाख जर्मनस्थित नेपाली राजदूतावासलाई उपलब्ध गराएको छ ।
सन् २०२० मा भने नेदरल्यान्डको म्याप्स एक्सपो र बायोफेकका लागि ८० लाख बजेट अर्थ मन्त्रालयवाट विनियोजन भई परराष्ट्र मन्त्रालयमार्फत नेपाली राजदूतावास जर्मन तथा बेल्जियम नेपाली राजदूतावास, नेपाल हव्र्स तथा हर्वल उत्पादक संघका १० वटा सदस्य कम्पनीहरूले सहभागिता जनाएका थिए । नेपाल सरकारले स्टलको भाडा र प्याभिलियन डिजायन खर्च मात्र सहयोग गरेको हो । निजी क्षेत्रले आफ्नो लागत खर्च यातायात, होटल, वस्तु ढुवानी खर्च, प्रचार सामग्री भने स्वम व्यहोर गर्छन् । सरकार नीजिक्षेत्रको साझेदारी अवधारण अनुरूप प्रतिकम्पनी उद्योगले ९ लाख जति खर्च आफैंले खर्च गरी जाने गर्छन् । २०२० मा सहभागिताबाट मेलाको उपलब्धि १० कम्पनीले ३० करोडको युरोपमा व्यापार वृद्धि गरी बजार प्रवद्र्धन गर्न सफल भएको फिनका उपाध्यक्ष गोविन्द घिमीरेले बताए । सरकार र नीजिक्षेत्रको साझेदारीको नमुना यो मेला उदाहरणीय वनेको छ । मेलामा हुने खर्चको पारदर्शिता र उपलब्धि निजी सरकारी साझेदारीमा मेलाले अन्य वस्तुगत संघहरूलाई सिकाइ भएको छ । कूटनीतिक नियोग, निजीक्षेत्रको सहकार्य बिना निर्यात प्रवद्र्धन गर्न नसकिने भएकोले यो मेलाको महत्वपूर्ण रहेको घिमीरेले बताए ।
अर्गानिक वस्तुहरूको विश्व बजारमा माग बढदो भएको हुँदा नेपालका मौलिक कृषिजन्य तथा अर्गानिक प्रमाणिकरण जडीबुटीहरूको उत्पादन वृद्धि गरी गुणस्तर वस्तु विकास कलेक्टिभ ट्रेडमार्क नेपाल हव्र्स, नेपाल टी, नेपाल कफी, एभरेष्ट लार्ज कार्डामम, जुन अन्तराष्ट्रिय देशहरूमा दर्ता भएका लोगो अंकित उत्पादन तथा ल्याब परीक्षणपश्चात युरोपियन मापदण्ड पूरा गरेका उत्पादनहरूले प्रिमियम मूल्यका साथ बिक्री गर्ने तथा क्रेताहरू भेटाउने अवसरका रूपमा मेला नेपाली कंपनी उद्योगीहरूका लागि ठूलो अवसर भएको प्रतिनिधिमण्डलका प्रतिनिधि घिमिरेले बताए । यस मेलामा वातावरणीय पक्ष, उत्पादकले उचित मूल्य, सामाजिक उत्तरदायित्व, प्रकृतिको न्यायसंगत संरक्षण, जैविक विविधताको संरक्षण, शून्य पेस्टिसाइड परीक्षण भएका, उत्पादनहरूको मात्र प्रदर्शनी हुने गरिएको छ ।
प्लास्टिक फ्रि प्याकेट, वायोडिग्रेडेबल प्याकेजिड. मात्र मेलामा प्रदर्शनी अनुमति दिइन्छ । चार दिन सम्म संचालन हुने मेलामा सर्वसाधरणलाई प्रवेश शुल्क अति नै महँगो भएका कारण व्यावसायिकहरूको मात्र जमघट हुने गर्छ । मेला अवधिभर २०० भन्दा कार्यपत्र जैविक विविधताको संरक्षण र मानव स्वास्थ्य लागि खाद्य वस्तु र सौन्दर्य प्रसाधनका वैज्ञानिक परीक्षण अनुसन्धान गरिएका नयां उत्पादनहरूको अन्वेशण, विकसित राष्ट्रहरूले तय गरेका मापदण्डहरूको अनुमोदन, यसको प्रयोग र कार्यन्वयन गर्ने सम्बन्धी कार्यपत्रहरू वैज्ञानिक र विज्ञहरूले प्रस्तुतिसमेत गर्छन् । क्रेता र बिक्रेताबीच निरन्तर बैठक मात्र हुने यो मेलाको विशेषता हो । सिक्ने र सिकाउने अन्वेषण गरिएका प्रविधिहरूको समेत प्रदर्शनी हुने गरेको छ ।
कच्चा पदार्थ तथा तयारी ब्राण्डेड नवितम् वस्तुहरूको प्रदर्शनी नेपाली कंपनीहरूको लागि यो मेला सिक्ने सवै भन्दा ठूलो अवसर छ । उपभोक्ताहरूको चाहाना र स्वस्थ्यसंग सरोकार राख्ने युरोपियनहरूले संसारभरिका सरकार राष्ट्रिय प्रतिनिधित्वसहित निजी क्षेत्रका व्यवसायीहरूलाई एकै थलोमा जम्मा गर्ने यो प्लेटफर्मका रुपमा लिएको घिमिरेले बताए । गुणस्तर तथा अर्गानिक वस्तुहरूको स्रोत आयत/निकासी सगसगै पर्यटन भिœयाउने काम जर्मनले यूरोपका अन्य मुलुकहरूलाई तयारी वस्तु सप्लाई गरी देशको आर्थिक समृद्ध वनाउने कार्यमा मेलाको मुख्य उद्देश्य राखेर हरेक वर्ष जर्मनमा यो मेलामा सबै राष्ट्र तथा सरकारको प्रत्यक्ष संलग्नतामा राष्ट्रिय प्रतिनिधित्वका रूपमा आयोजना हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्