Logo

नाडा अटो सो स्थगित

७ देखि १२ भदौसम्म काठमाडौको भृकुटी मण्डपमा सम्पन्न गर्ने भनिएको नाडा अटो सो २०२२ स्थगित गरिएको छ । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध १ साउनदेखि खोल्ने भनिएकोमा सो समयावधि अझ थप गरेर १४ भदौसम्मका लागि विस्तार गरेको छ ।
त्यसैगरी १५० सीसी भन्दा माथिका दुई पाँगे्र सवारी साधनहरुको आयातमा समेत थप प्रतिवन्ध लगाए पछि नाडा अटो एक्सपो स्थगित गर्नुपरेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्