जगदम्बा मोटर्सको टोखामी अटो हब सञ्चालन «

जगदम्बा मोटर्सको टोखामी अटो हब सञ्चालन

जगदम्बा मोटर्सले काठमाडौंको टोखा–३ स्थुलीमा नयाँ शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ ।
ग्राहकलाई टीभीएस मोटरसाइकल तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ मिडिया र टीभीएसका प्रतिनिधिबीच टोखामा नयाँ शोरुम सुरु गरिएको हो ।
टोखाको नयाँ शोरुममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, “टीभीएसमा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न हामी सधैँ प्रयासरत छौं । ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको छ ।”

प्रतिक्रिया दिनुहोस्