माछापुच्छे् बैंकको एक शाखारहित बैंकिङ सेवा

माछापुच्छे् बैंकले रुपन्देहीमा १ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुन्नीहवामा थप १ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ । योसहित माछापुच्छे् बैंक लिमिटेडको हालसम्म ९८ शाखारहित बैंकिङ सेवा सुचारु भइसकेको बैंकले जनाएको छ ।
ग्राहक सेवा केन्द्रका रूपमा सञ्चालित उत्क्त शाखारहित सेवा केन्द्रहरूबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्नेसमेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको पनि जनाएको छ ।
बैंककले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १०० वटा शाखालगायत ९८ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा १९८ स्थानबाट ग्राहक महानुभावहरूमा सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १२१ वटा एटीएम सञ्चालनमा छ ।