नेपाल एसबिआई बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता «

नेपाल एसबिआई बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता

नेपाल एसबिआई बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ ।
महिला उद्यमी तथा साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सो सम्झौता भएको छ । हेफर इन्टरनेशनल एसियाका वरिष्ठ कार्यक्रम निर्देशक श्रीनिना तथा नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देअको उपस्थितिमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र हेफर नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार कृषि तथा पशुपालन सम्बन्धि क्षेत्रहरु जस्तै बाख्रापालन, गाईपालन तथा तरकारीको मूल्य शृंखलामा संलग्न महिला उद्यमी तथा साना किसानलाई सहजरुपमा वित्तीय कर्जा उपलब्ध गराउन सम्झौता भएको छ । साझेदारीको मुख्य उद्देश्य, युवा तथा महिला उद्यमी र साना किसानको व्यवसाय विकास र विस्तारमा केन्द्रित गर्ने रहेको छ ।
उक्त योजनामा हेफर नेपालका तर्फबाट कृषि सहकारी र स्थानीय सरकार पनि आवद्ध रहेका छन् । कृषि सहकारी वा स्थानीय सरकारले उद्यमीहरूको पहिचान र सिफारिस गरी बैंकसँग जोड्न सहज बनाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्