Logo

बैंक अफ काठमाण्डू र बायो डाइग्नोष्टिक प्याथ ल्याबबीच सम्झौता

बैंक अफ काठमाण्डू र बायो डाइग्नोष्टिक प्याथ ल्याब नेपालबीच व्यावसायिक सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
सम्झौतापश्चात् ग्राहकले बायो डाइग्नोष्टिक प्याथ ल्याब नेपालमा उपलब्ध हुने स्वास्थ्यसम्बन्धी सेवाहरुमा एकमुष्ठ २५ प्रतिशतको छुट पाउने जनाइएको छ । उक्त छुटको उपयोग गर्न ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
बायो डाइग्नोष्टिक प्याथ ल्याब नेपालले ललितपुरको ग्वार्को र काठमाडौंको सुकेधाराबाट सेवाग्राहीहरुलाई ल्याब सम्बन्धी गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्