Logo

उपभोक्ताको हित हुने काम गर्न जोड

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आम उपभोक्ताको अहित हुने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।
नेपाल उपभोक्ता संरक्षण महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेता सिंहले संविधानमा उपभोक्ताको अधिकारबारे मौलिक हकमै व्यवस्था गरेको उल्लेख गर्दै उनीहरुको अहित हुने कुनै पनि काम हुन नदिन सम्बन्धित पक्षको ध्यानाकर्षण गराए । उनले संविधानले व्यवस्था गरेको आम उपभोक्ताको अधिकारबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए । नेता सिंहले उपभोक्ताहरुलाई ठगिन नदिने गरी सूचना दिने व्यवस्था पनि मिलाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्