बीपीलाई यसरी सम्झछन् राजनीतिक विश्लेषक «

बीपीलाई यसरी सम्झछन् राजनीतिक विश्लेषक

साउन ६ गते शुक्रबार४० औं बीपी स्मृति दिवस । उनको राजनीति एवं साहित्यिक योगदानको स्मरणका साथ विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । बीपीका सहयात्रीहरू अहिले जीवित नरहेपनि बीपीले बनाएको बाटो पछ्याएकाहरू अहिले नेपाली कांग्रेसको नेतृवमा छन् । नेपाली राजनीति र यसको विकास तथा विश्व राजनीतिमा बीपीको स्थानलाई अहिले पनि महत्वका साथ हेरिन्छ । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य सशस्त्र क्रान्तिबाट प्रजातन्त्र पुनस्र्थापना र प्रजातन्त्रकै संरक्षण अनि संवद्र्धनमा बीपीकै योगदान अतुलनीय रहेको टिप्पणी गरे । उनले नेपाली कांग्रेसले पाएको अहिलेसम्मको अविष्मरणीय नेतृत्वको भुमिका बीपीले नै गरेको बताए ।
उनले भने, ‘नेपालमा जहानियाँ राणा शासन अन्त्यको आह्वान भयो । त्यहाँ मातृकाप्रसाद कोइराला २००७ सालको क्रान्तिको कमाण्डर नियुक्त हुनुभयो । सम्पूर्ण अधिकार प्राप्त । मातृकाप्रसाद कोइरालाको पालामा क्रान्ति भयो २००७ सालको । आधिकारित लिडरसिप मातेका काईराला भएपनि राजनीतिक नेतृत्व बीपी कोईरालाको नै थियो ।’
वरिष्ठ पत्रकार किशोर नेपाल बीपीले जस्तो पार्टीकौ कार्यभार अन्य सभापतिहरूले बोक्न नसकेको टिप्पणी गरे । कांग्रेसलाई अग्रगामी दिशामा लैजान बीपीले अभुतपूर्व योगदान गरेको विश्लेषण उनले गरे । उनले नेपालमा आवश्यक सवारी साधनसमेत नभएको बेला बीपीले देशभर घुमेर पार्टीको संगठन बिस्तार गरी कांग्रेसलाई पहिलो पार्टी बनाउन गरेको योगदानलाई कसैले बिर्सन नसक्ने बताए ।
उनले भने, ‘बीपी कोइराला जतिखेर सभापति हुनुभयो त्यो बेलामा नै नेपाली कांग्रेस अग्रगामी बन्यो । यसका धेरै दस्तावेजहरू पनि बने । बीपीका चिन्तनहरू भएका धेरै कुराहरू बहिर आए । उनले पार्टीकौ एउटा सेप तयार गरे । आफैं घुमन्ते भएको हुनाले पनि उनले धेरै मान्छेहरूसँग भेटेका थिए । मोटर सेवा नभएको बेला दाङदेखि मोरङसम्म हिँडेर संगठन बनाउनु भनेको निकै गाह्रो कुरा थियो । त्यो बेलामा संगठन बनाउन जति मिहेनत बीपीले गर्नुभयो त्यति चाहिँ अरू सभापतिहरूले भार बोक्नुपरेन ।
राजनैतिक विश्लेषक पुरञ्जन आचार्यले व्यक्तिगत स्वार्थभन्दा धैरै माथि उठेर बीपीले प्रजातन्त्रका लागि ठूलो योगदान दिएको स्मरण गरे । उनले नेपाली कांग्रेसले अहिलेसम्म पाएको अद्वितीय नेतृत्व बीपीकै भएको बताए । संविधानसभाका लागि नयाँ राजालाई दबाब सिर्जना गरी कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बनेको बताए ।
उनले भने, ‘नेपाली कांग्रेसले अहिलेसम्म पाएको अद्वितीय नेतृत्व भनेको उनको नै हो । उहाँले १२ सालमा फेरि सुवर्णशमशेरलाई सभापति बनाए । त्यो कांग्रेसको अधिवेशनबाट उहाँले समाजवाद पास गर्नुभयो । सुवर्णशमशेरको नेतृत्वमा चुनाव हुँदा कांग्रेसले ठीक ऊर्जा गर्दैन भनेर उनले विशेष अधिवेशन गरे । फेरि विशेष अधिवेशनले बीपी कोईरालालाई सभापतिमा निर्वाचित गर्यौं । उहाँलै संविधानसभाका लागि नयाँ राजालाई दबाब दिनुभयो । त्यो दबाबले संविधानसभाको चुनाव नभएपनि राष्ट्रिय निर्वाचन भयो । त्यस चुनावमा कांग्रेसले दुईतिहाइ बहुमत पाएपछि बीपी प्रधानमन्त्री हुनुभयो ।’
उनले बीपीले संगठन बनाउन गर्नुपरेको परिश्रम जति अन्य सभापतिले गर्नु नपरेको उल्लेख गरे । नेपाली कांग्रेसका सभापतिहरूले अन्तिममा आए आफूलाई सफल बनाएको इतिहास रहेकाले अहिलेका सभापति शेरबहादुर देउवाले पनि राजनीतिको उत्तराद्र्धमा आफ्नो कार्यकाललाई स्मरणयोग्य बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्