बीपीको राजनीतिक जीवनमा श्रीमती सुशीलाको भूमिका

नेपालका धेरैजसो प्रधानमन्त्री र मन्त्रीका निर्णयमा श्रीमती हाबी हुने गरेको आरोप लाग्दै आएको छ । तर, प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीकोईरालाकी पत्नी सुशीला एक अपवाद हुनुहुन्छ, जसले जीवनकालमा आफ्नै परिवारवाट जेठाजु मातृका, पति बीपी र देवर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको हेर्न पाए । तर, पनि राजनीतिक मामिलामा कहिल्यै हस्तक्षेप गरेनन् । बरु दुईतिहाइ बहुमत प्राप्त दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका आफ्ना पति बीपीलाई प्रधानमन्त्री नबन्न दबाब दिँदै अनशन बसे । अहिले प्रधानमन्त्री, मन्त्रीको निर्णयमा श्रमिती हाबी हुने गरेको आरोप लाग्दै आइरहेको छ ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामाथि पनि यस्ता आरोप लाग्दै आएका छन् । बीपीको राजनीतिक जीवनमा श्रीमती सुशीलाको भूमिका र प्रभाव रहेको विश्लेषण भइरहेको परिपे्रक्ष्यमा न्युज एजेन्सी नेपालले वास्तवमा बीपीको जीवनमा श्रीमती सुशीलाको कस्तो प्रभाव थियो ? भनेर छोरा प्रकाश कोइराला र कांग्रेसका पुराना नेता केशवनन्द जोशीलाई सोधका छौं । नेपालसँगको कुराकानीमा नेता जोशीले राजासँग सुवर्णशमशेरको निकटता भएकोले प्रधानमन्त्री र पार्टी सभापतिमा छोडिदिन आग्रह गरेको बताए । उनले बीपीलाई श्रीमती सुशीलाले पार्टी सभापति छोडेर पार्टी संगठन बलियो बनाउन सुझाव दिएको पनि बताउनु भयो । सुवर्णशमशेर राणा परिवारका निकट सदस्यको रूपमा हेरिँदै आएका केशवनन्द जोशीको बुझाई पनि बीपीकी श्रीमती सुशीलाले पार्टी सभापति पद सुवर्णलाई छोडिदिन आग्रह गर्ने गरेको आफूले थाहा पाएको बताए ।
नेता जोशीले भने, ‘मैले सुनेअनुसार सुशीला भाउजूले बीपीलाई बारम्बार छोडिदिनुहोस्, प्रधानमन्त्री र संसदीय दलको नेता बन्न, सुवर्ण समशेरको राजासँग निकट छ, उहाँलाई छोडेर तपाई पार्टी संगठनलाई बलियो बताउनु लाग्नुस् भन्ने गर्नुहुन्थ्यो भनेर सुनेको थिएँ ।’
त्यस्तै तत्कालीन समयमा नेपाली कांग्रेस पार्टीले दुईतिहाइका साथ जितेको भए पनि तीन महिनासम्म संसदीय दलको नेता चुन्न सकस भइरहेको कारण संसदीय दलको नेता चुन्ने कुरामा बीपी उठ्न लाग्दा कमाएको इज्जत र प्रतिष्ठा मेटिने डरले श्रीमती सुशीला चिन्तित भएको छोरा प्रकाश कोइरालाले बताए । उनले पार्टी सभापति र प्रधानमन्त्री नबन्न श्रीमती सुशीलाले आग्रह गर्दा उनले कोइराला परिवारबाट नै गाली खाएको बताए । उनले आमाको प्रधानमन्त्री नबन्ने प्रश्ताव कोइराला परिवार कसैलाई चित्त नबुझेको बताए । बीपीले आमाका सबै कुरा सुन्ने गरेपनि निर्णय आफ्नै लिने गरेको बताए । उनले प्रधानमन्त्री भएर देश र जनताको सेवा गर्ने प्रतिवद्धतापछि पार्टीलाई सुदृढ बनाएर अघि लैजाने काम गरेको बताए ।
उनले भने, ‘चुनावमा पार्टीले दुईतिहाइ मतका साथ जितेको भए पनि तीन महिनासम्म संसदीय दलको नेता चुन्न सकस भइरहेको थियो । त्यो अवस्थाले मेरो आमालाई एकदमै चिन्तित बनाइरहेको थियो । बीपीलाई सरकार चलाउन पार्टी भित्रैबाट असहयोग हुनेछ र उनलाई असफल बनाउने काम हुनेछ भन्ने आमालाई लागेको थियो । त्यस्तो अवस्था आयो भने त्यो बेलासम्म बीपीले जति पनि नाम र इज्जत कमाउनुभएको छ त्यो पनि मेटिएर जानसक्छ भन्ने डर आमालाई थियो । एकातिर राजाले सुवर्णजीलाई नै चाहेको कुरा बाहिर आइरहेको थियो अर्कोतिर नेपाली कांग्रेस भित्रैबाट पनि वि.पि.लाई असहयोग हुने गाईंगुईं चलेको थियो । त्यसैले मेरो आमाले पटक–पटक बाबालाई तपाई प्रधानमन्त्रीमा दाबी नगर्नुस् । सुवर्णजीलाई बनाउनुस् भन्नुभएको थियो । मेरी आमाको त्यस्तो अडान कोईराला परिवारका धेरै सदस्यलाई चित्त बुझेको थिएन । सबै बीपीलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्नेमा हुनुहुन्थ्यो । सुशीलाले के यो नचाहिने अड्डी लिएकी भन्ने उनीहरूको बुझाइ थियो । बाबाले आमाको कुरा राम्रोसँग सुन्नुहुन्थ्यो तरपनि निर्णय त बीपीकै हुन्थ्यो । अन्तिममा उनले प्रधानमन्त्री भएर देशको सेवा गर्छु भनेर एकल निर्णय लिनुभयो ।’
कोइरालाले प्रधानमन्त्री भएर देशको सेवा गर्ने बीपीको चाहनापछि सबै परिवारसँग कुरा गरेर पार्टी र देशको नेतृत्व गरेको बताए ।