एमसीसी पारित गरेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले चाँडै नेपाल दक्षिण एसियामा सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत हुने उद्घोष गरेका छन् । शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले नेपाल श्रीलंकाको बाटो नगएको दाबी गरे। उनले नेपालको अर्थतन्त्रमा केही समस्या रहे पनि श्रीलंका पथ्मा नेपाल नरहेको बताए । उनले आगामी १० वर्षमा नेपाललाई सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत गरेर अघि बढ्ने बताए । मन्त्री कार्कीले सरकार संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको हकको रक्षा गर्नका निमित्त प्रतिवद्ध रहेको पनि दाबी गरे । उनले सरकार दक्षिण एसियामा नै प्रेस स्वतन्त्रताको अग्रणि देशको रुपमा नेपाललाई स्थापित गर्न प्रतिवद्ध रहेको बताए । सञ्चारमन्त्री कार्कीले एमसीसी पास गरेपछि नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव परिरहेको बताए ।