गण्डकी प्रदेशद्वारा पर्यटकीय गन्तव्य सार्वजनिक «

गण्डकी प्रदेशद्वारा पर्यटकीय गन्तव्य सार्वजनिक

गण्डकी प्रदेशका एक सय १० वटा ठाउँलाई पर्यटकीय गन्तव्य घोषणा गरिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक समारोहका बीच हालै उक्त गन्तव्यहरू सार्जजनिक गरेको हो ।
गण्डकी प्रदेशका ११ जिल्लाका १०÷१० वटा गरी एक सय १० वटा पर्यटकीय गन्तव्यको पहिचान गरी त्यसको प्रपद्र्धनमा प्रदेश सरकारले लगानी गर्ने भएको हो । जिल्ला समन्वय समिति, पर्यटन व्यवसायी, प्रदेश सांसद, गाउँपालिका, महानगर, स्थानीय तहका जनप्रतिनिधि एवं सरोकार पक्षसँगको छलफल र अन्तक्रियाबाट प्रदेशका पर्यटकीय गन्तव्यहरूको छनोट गरिएको सम्पादन मण्डलका सदस्य तुलसीराम शर्माले बताए । सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षका रूपमा मनाइरहँदा पर्यटकीय गन्तव्य घोषणा हुनुले पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । घोषणा गरिएका पर्यटकीय गन्तव्यको पर्यटनको पूर्वाधार निर्माणमा केही रकम विनियोजन गरिने मन्त्रालयले जनाएको छ । आन्तरिक पर्यटन वर्ष सन् २०१९ मा १५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ यस वर्ष एक सय १० वटा पर्यटकीय गन्तव्य पहिचान गरी घोषणा गरिएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए ।
उनका अनुसार १५ लाख आन्तरिक पर्यटन वर्षमा भित्र्याउने जसमध्ये ५० प्रतिशत प्रदेशको नयाँ गन्तव्यमा पुग्ने वातावरण तयार गर्ने र पर्यटन उद्योगमा लगानीका अवसर बढाउने लक्ष्य राखिएको छ । प्रदेश सरकारले पर्यटनलाई विकासको पहिलो आधार बनाएकाले पर्यटनबाट हुने आयआर्जन तथा अन्य लाभलाई गरिब तथा विपन्न वर्गसम्म पु¥याउन सहज वातावरण सिर्जना गर्ने, नया पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवद्र्धन र विकास गर्ने मन्त्री लम्सालले जनाए ।
प्रदेशले घोषणा गरेका कास्कीको पर्यटकीय गन्तव्यहरू फेवाताल, तालबाराही मन्दिर (लेकसाइड), बेगनासताल, रूपाताललगातका ताल, विन्ध्यवासिनी मन्दिर, सराङकोट, अन्नपूर्ण बेसक्याम्प, पातले छाँगो, विश्व शान्ति स्तुपा, गुफाहरू (गुप्तेश्वर, चमेरे, महेन्द्र, इन्द्र, शान्ति), कोटहरू (रुपाकोट, पुम्दीकोट, कास्कीकोट, स्यालुङकोट, ठुलाकोट) र काहुँडाँडा रहेका छन् । त्यसैगरी मुस्ताङका पर्यटकीय गन्तव्यमा मुक्तिनाथ तीर्थस्थल, कागवेनी तीर्थस्थल, कुछप तेरेङका गुम्बा (पहिलो गुम्बा), लो घेकर गुम्बा, दामोदर कुण्ड, लोमाङथाङ दरबार र गुफाहरु, धौलागिरी हाइस फल, लियोपार्ड क्याप (ठिनी), जोमसोम गाँउ र टिटि ताल छन् ।
त्यसैगरी मनाङका पर्यटकीय गन्तव्यमा तिलिचो ताल, पोङ्कर ताल, डोना ताल, गंगापूर्ण ताल, अन्नपूर्ण हिमाल १, २, ३ र पदमार्ग, छो कर्णताल, थोन्चे–लार्के पदयात्रा, मनाङ–थोराङपास पदयात्रा, नारफू–काङला पदयात्रा र तिव्वतियन खम्बाको बंकर छन् ।
म्याग्दीका पर्यटकीय गन्तव्यमा गलेश्वर धाम, पुलस्त्याश्रम, जगन्नाथ मन्दिर, पुला ढोलठाना, टोड्र्के धुरी, धौलागिरी बेस क्याम्प, धौलागिरी हाइसफल र हिमाल, पुन हिल र घोरेपानी, मालिका धुरी, रुप्से छहरा र अन्ध गल्छी, खोप्रा लेक र सिंगा तातोपानी रहेका छन् । बाग्लुङका पर्यटकीय गन्तव्यमा बाग्लुङकालिका, पन्चकोट–शालिग्राम संग्राहलय तथा रंगवेकटेस मन्दिर, ढोरपाटन, उत्तरगंगा धार्मिक क्षेत्र, घुम्टेको लेक, गाँजाको दह (रुद्रताल) लेक, भैरव स्थान मन्दिर तथा भकुण्डे, जैमिनीधाम–माइस्थान–हाडिकोट, सत्यावती मन्दिर, रामकोट, भुलेनी, विउकोट, शिवधुरी–हिमालयन भ्यूप्वाइन्ट र गाइघाट झर्ना छन् ।
पर्वतका पर्यटकीय गन्तव्यमा भमरकोट माटे, जलजला, हम्पाल, कालान्जर पर्वत, पन्चासे पन्चधाम रमणीय धार्मिक क्षेत्र, डहरेनिल कण्ठ पर्वत, प्राकृतिक टावर, चिसापानी, कालिका र सूर्यास्तको सुन्दरता, पैयुँकोट, महाशिला, सेतीवेणी शालिग्राम शिला धार्मिकक्षेत्र, कुस्मा मोतीवेणी क्षेत्र, गुफा र नेपालकै अग्ला लामा पुलहरू, महाभीर छहरा आरोहण, बन्जीजम्प, स्काइ साइक्लिङ र स्विङ रहेका छन् । स्याङजाका पर्यटकीय गन्तव्यमा शाल्मेडाँडा–गोर्खा स्मारक र नुवाकोट कालभैरव मन्दिर, शिरुवारी पर्यटकीय गाउँ, आलमदेवि मन्दिर, स्वरेक मैदान प्यराग्लाइडिङ, सतौं चण्डीथान, गह्रौंकालिका, अन्धाअन्धी, छाया क्षेत्र (छुयाङछ्याङदी) राम्दीघाट र मिर्मी सेतीवेणी उच्च तथा स्टिमर यात्रा रहेका छन् ।
लमजुङको पर्यटकीय गन्तव्यमा लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ सार्क भिलेज, घनपोखरा, इशानेश्वर महादेव, करापुटार, भुजुङ गाउँ, दूधपोखरी (गोर्खा र लमजुङको सिमाना) शिउरुङ गाउँ र काउलेपानी गाउँ रहेका छन् । गोर्खाका पर्यटकीय गन्तव्यमा गोर्खा दरबार र गोर्खा संग्रहालय, मनकामना मन्दिर र केबलकार, श्रीनाथकोट मण्डली, अजिरकोट, गोरखकालिका, बारपार्क र लाप्राक (२०७२ को भूकम्पको केन्द्रबिन्दु), मनास्लु हिमाल र संरक्षण क्षेत्र, लार्केपास, छेकम्पारा र लिगलिगकोट छन् । तनहुँका पर्यटकीय गन्तव्यमा बन्दीपुर, देवघाटधाम, ढोरबराही, छाप्दी बराही, व्यास गुफा (पर्यटन क्षेत्र), घाँसी कुवा, तनहुँसुर कालिका तथा दरबार क्षेत्र भानुभक्त जन्मस्थान, छिम्केश्वरी मन्दिर–बूढी देवता मन्दिर आँधिमूल बाराही र मिर्लुङकोट रहेका छन् । नवलपुरका पर्यटकीय गन्तव्यमा मौलाकालिका, देवचुली, बरचुली पिकहरु, त्रिवेणी गजेन्द्र मोक्ष धाम, दाउन्ने देवी, कैलास पर्वत, घुमाउरीघाट (कामधेनु क्षेत्र), लोसेधारा, कैशाल आश्रम, शास्वत धाम, अकलादेवि (डेडगाउँ) र मध्यविन्दु रहेका छन् ।
त्यसैगरी केही साहसिक पर्यटकीय गन्तव्यहरू समेत सार्वजनिक गरिएको छ । प्यराग्लाइडिङ, अल्ट्रालाइट, जिप फ्लायर, ¥याफटिङ, घोडाचढी, स्किइङ, बन्जीजम्प, साहसिक पिङ (स्विङ), हर्ट एयर बेलुनिङ र जंगल सफारीलगायतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्