बाढीले पर्यटकीय मार्ग नाग्म–गमगढी सडक अवरुद्ध «

बाढीले पर्यटकीय मार्ग नाग्म–गमगढी सडक अवरुद्ध

मुलुकै प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा ताल जाने पर्यटकीय मार्ग नाग्म–गमगढी सडक अबरुद्ध भएको छ ।
भारी वर्षासागै आएको बाढीले कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको हो । निरन्तर वर्षातले नाग्म–गमगढी खण्डको सिंजा गाउँपालिका –२ विष्टवाडा स्थित खोलामा बाढी आउँदा सडक अवरुद्ध सिंजा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिए ।
यस्तै, सिंजा गाउँपालिका–३ नराकोट पालिका भवनस्थित हिमा नदीमाथि निर्माण गरिएको काठपुल भन्दा माथि पानीको बहाफ बढेपछि स्थानीयलाई जावत जावतमा समस्या भएको छ ।
मानिससहित सवारी साधन आवतजावत गर्न मिल्ने काठेपुल निर्माण गरिएको थियो । बाढीले हिमा नदीको बहाव बढेपछि काठेपुल पनि बन्द भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।

प्रतिक्रिया दिनुहोस्