हेरल्ड कलेज काठमाडौंबाट ४८१ विद्यार्थी दीक्षित «

हेरल्ड कलेज काठमाडौंबाट ४८१ विद्यार्थी दीक्षित

हेरल्ड कलेज काठमाडौंको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ ।
समारोहबाट सन् २०१९/ ०२० मा स्नातक तह उत्तीर्ण बीएससी हन्स कम्प्युटर साइन्सका १६०, बीएससी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका २६ र सन् २०२०/०२१ मा स्नातक तह उत्तीर्ण बीएससी हन्स कम्प्युटर साइन्सका २४९ र बीएससी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका ४६ गरी कुल ४८१ जना विद्यार्थीहरू दीक्षित भएका छन् ।
कोभिड महामारीका कारण सरकारले तय गरेका विभिन्न स्वास्थ्य प्रोटोकलहरू पालना गर्नुपर्ने भएकाले उक्त समारोह दुई वर्षपछि भएको हो । आईएनजी ग्रुपअन्तर्गत पर्ने हेरल्ड कलेज बेलायतको प्रतिष्ठित विश्वविद्यालय युनिभर्सिटी अफ वुल्भरह्याम्पटन, युकेबाट सम्बन्धन प्राप्त कलेज हो । दीक्षान्त समारोहमा युनिभर्सिटी अफ वुल्भरह्याम्पटन विश्वविद्यालयका प्रोभाइस चान्सलर टिम स्टिलले दीक्षित विद्यार्थीलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्