गुराँस लाइफले दियो २६ लाखको मृत्यु दावी भुक्तानी «

गुराँस लाइफले दियो २६ लाखको मृत्यु दावी भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्सले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले बीमित शेष अनसारुलको श्रीमति समसा खातुलनलाई मृत्यु दाबी भुक्तानी गरेका छन् ।
सिइओ लालले रौतहटको देवाही गोनाही नगरपालिका–१ का मृतक शेष अनसारुल हकको मृत्यु दावी वापतको रकम उनकी श्रीमती समसा खातुनलाई मृत्यु दावी वापतको १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
यस्तै कम्पनीले तेह्रथुम जिल्ला, फेदाप गाउँपालिका–२ बस्ने, वर्ष ३५ को श्री हेमराज लिम्बुको मृत्यु दावी वापतको रकम उनकी श्रीमती कौशिला लिम्बुलाई मृत्यु दावी वापत १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत लालले बिमा समितिले आ.व.२०७८/०७९ लाई बिमा दावी भुक्तानी वर्ष घोषित गरेको र सोही अनुरुप कम्पनीले आ.व. २०७८÷०७९ मा दर्ता भएका सम्पूर्ण मृत्यु दावी फछ्र्यौट गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्