उपकुलपति, रजिस्ट्रार र संयोजकलाई कारण देखाऊ आदेश «

उपकुलपति, रजिस्ट्रार र संयोजकलाई कारण देखाऊ आदेश

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रार र संयोजकलाई पदबाट किन नहटाउने भन्ने विषयमा कारण देखाऊ आदेश जारी भएको छ ।
उच्च अदालत हेटौँडा इजलाशले प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशी, रजिस्ट्रार राजेश प्रसाईं र संयोजक चिरञ्जीवी चुडाललाई निषेधाज्ञासहितको उत्प्रेषणयुक्त परमादेश जारी माग भएकामा अन्तरिम आदेशअघि तीनैजनालाई कारण देखाउ आदेश जारी भएको हो ।
उपकुलपति, रजिस्ट्रार र संयोजकले पदीय हिसाबले काम नगरेको र प्रतिस्ष्ठान नै धरासायी बनाउन खोजेको भन्दै युवा संघ मकवानपुरका उपाध्यक्ष सफल अधिकारीले दायर गर्नु भएको मुद्दामा वरिष्ठ अधिवक्ता एकराज बास्तोलाले बहस गरेका थिए । उच्च अदालतकी न्यायाधीश निर्मला जोशीको एकल इजलाशले प्रतिवादीहरूलाई कारण देखाउ आदेश जारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्