प्रभु बैंक र स्टार हस्पिटलबीच सम्झौता «

प्रभु बैंक र स्टार हस्पिटलबीच सम्झौता

प्रभु बैंक र स्टार हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सबै ग्राहकले स्टार हस्पिटलको बेड शुल्क तथा अनुसन्धान सेवामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।
प्रभु बैंकको डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा हस्पिटलका सेवामा छुट पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्