एसबिआई बैंकलाई ‘बेस्ट कर्पोरेट बैंकिङ सोलुसन नेपाल’ अवार्ड «

एसबिआई बैंकलाई ‘बेस्ट कर्पोरेट बैंकिङ सोलुसन नेपाल’ अवार्ड

लन्डनस्थित क्यापिटल फाइनान्स इन्टरनेशनलले नेपाल एसबिआई बैंकलाई बेस्ट कर्पोरेट बैंकिङ सोलुसन नेपाल अवार्ड प्रदान गरेको छ । उक्त सम्मान कार्यसम्पादन उत्कृष्टताको आधारमा वार्षिक रुपमा प्रदान गरिन्छ । नेपाल एसबिआई बैंकले लगातार दोस्रो पटक यो अवार्ड प्राप्त गरेको छ ।
सन् १९९३ मा स्थापना भएको नेपाल एसबिआई बैंकले ५१ जिल्लामा रहेका आफ्ना १२९ आउटलेटमार्फत ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्