सिभिल बैंक र विराट मेडिकल कलेजबीच सम्झौता «

सिभिल बैंक र विराट मेडिकल कलेजबीच सम्झौता

सिभिल बैंकका ग्राहकले विराटनगरको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् ।
बैंकका प्रदेश १ का प्रमुख राजेश ढकाल तथा हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकले ओपीडी, बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने भएका छन् ।
साथै आगामी दिनमा अन्य संघ संस्थासँग पनि यस्ता सम्झौताहरू गर्दै जाने विराटनगर शाखाका प्रबन्धक प्रशान्त कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्