मल्टीब्राण्ड सपिङ स्टोर ‘बिग डिजिटल’को शुभारम्भ

नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ स्टोर बिग डिजिटलको बुधबारदेखि शुभारम्भ भएको छ ।
नायिका तथा स्टोरकी ब्राण्ड दूत स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोस्थित ग्वार्को कम्प्लेक्समा रहेको स्टोरको शुभारम्भ गरेकी हुन् । खड्काले बिग डिजिटलले उच्चकोटीको उत्पादनहरू ग्राहकलाई पस्कदै निरन्तर प्रगतिको शिखर आरोहण गर्दै जान शुभकामना दिइन् ।
त्यसैगरी बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरू सहज र सरल ढंगले नेपाली ग्राहकहरूलाई उपलब्ध गराउने ध्येयले यस स्टोरको स्थापना गरिएको जानकारी दिए ।
उक्त सपिङ स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र वाद्यवादन लगायतका उत्पादनहरू उपलब्ध छन् ।
ग्राहकहरूले खरिद गर्दा लक्की ड्रमार्फत विभिन्न आकर्षक उपहारका साथै सतप्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी उनीहरूले खरिद गरेको सामानको घरमा निःशुल्क डेलिभरी र जडानको सुविधा पनि पाउनेछन् ।
बिग डिजिटलको काठमाडौं उपत्यकामा चार नयाँ ठाउँमा स्टोरहरू विस्तार गर्ने अल्पकालीन योजना रहेको बताइएको छ । यस्तै यसको दीर्घकालीन योजना देशका सातवटा प्रदेशहरूमा नयाँ स्टोरहरूको स्थापना गर्नु रहेको कम्पनीको भनाइ छ ।