दीपाश्री निरौला र प्रेमराजा महतको पिपल डाँडे साइँली सार्वजनिक

गायक प्रेमराजा महतको नयाँ गीत पिपल डाँडे साइँली सार्वजनिक भएको छ ।
बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर गीतको भिडियो सार्वजनिक गरिएको हो । गायक महतलाई गायिका अस्मिता परियारले स्वरमा साथ दिएका छन् । गीतको शब्द तथा संगीत पनि स्वयं गायक महतले गरेका छन् ।
कार्यक्रममा बोल्दै गायक महतले यो गीत ३५ वर्ष अघि रेकर्ड गरेको भएपनि जीवन्त बनाउन अहिले भिडियो बनाएर बजारमा ल्याएको बताए । उनले यसले ३५ वर्षअघिको कला, संस्कृतिको महत्व दर्शाउने बताए । त्यस्तै गायिका परियारले यो गीत लोक गीतको रुपमा आफ्नो पहिलो अनुभव रहेको बताए ।
दीपक नेपालीको निर्देशनमा तयार भएको भिडियोमा प्रेमराजा महत, दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको नृत्य छ ।