स्वास्थ्यकर्मी हटाउँदा अस्पतालको सेवामा ढिलासुस्ती «

स्वास्थ्यकर्मी हटाउँदा अस्पतालको सेवामा ढिलासुस्ती

बेनी अस्पतालबाट एकैपटक ३८ जना करार स्वास्थ्यकर्मी समय सकिँदा जनताले पाउने सेवाप्रवाहमा ढिलासुस्ती भएको छ । कोरोना नियन्त्रण तथा उपचार कोषबाट नियुक्त ३४ जना र निक साइमण्डका चार गरी ३८ जना स्वास्थ्यकर्मी एकसाथ हटेपछि अस्पतालको सेवा प्रभावित भएको अस्पतालद्वारा जारी विज्ञप्ति उल्लेख छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियन्त्रण तथा उपचार कोषबाट तलब भत्ता भुक्तानी हुनेगरी नियुक्त भएका सबै स्वास्थ्यकर्मीको म्याद असार मसान्तपछि नथप्ने निर्णय गरेपछि सेवा प्रभावित भएको हो ।
बेनी अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट (मेसु) जितेन्द्र कंडेलसहित ६ जना डाक्टर छन् । कार्यरत डाक्टरमध्ये दुई जनाओपिडी, एक जना मेसु प्रशाससहित सबै वार्डमा, अन्य तीनजनाले आफ्नो सेक्टर हेर्दा इमजेसन्सी सेवा र अप्रसेन वार्डको सेवा असारमा दिएको सेवाजस्तो अहिले दिननसक्ने मेसु कंँडेलले बताए । प्राप्त जनशक्ति नुहदाँ आधारभूत सेवाबाहेक अन्य सेवामा ढिलासुस्ती र समयमै गुणस्तर सेवामा दिन नसकिने मेसु कँंडेलेले बताए । आधारभूत सेवा दिइ रहे पनि अप्रेशन र इमरजेन्सी केशमा समस्या हुने बताए । जटिल केश अप्रेशन गर्नका लागि बेहोस बनाउने डाक्टरको अभाव हुँदा समस्या भएको छ । असारमा ९२ जना प्रसूति गरेकोमा १८ जनाको अप्रेशन गरेका थियांै । त्यसरी सेवा दिन साउनमा नसकिने मेसु कंँडेलले जानकारी दिए । तत्काल जटिल केशका विबामीलाई बेहोस गराउने डाक्टर उपलब्ध भएमात्र शल्यक्रिया र अप्रेसन सेवा प्रवाह सजिलै दिनसक्ने अवस्था भएका कारण यसका लागि प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयमा आग्रह गरेको समेत बताए ।
अस्पतालमा भएको २६ स्थायी कर्मचारीमध्ये १२ जना पढ्न गएका छन् भने १३ जना कार्यरत छन् । करारतर्फ रहेको ६४ मध्ये ३८ जना समय सिमा सकियो । बेनी अस्पतालबाट समितिले ३६ जना राखेकोमध्ये १४ जना नर्स र अनमी रहेको अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए । “एकचोटी ठूलो संख्यामा कर्मचारी बाहिरिए पनि अस्पतालका सेवा रोकिएको छैन,” उनले भने । “डाक्टर, नर्स आवश्यक मात्रामा उपलब्ध गराउन प्रदेश सरकार र मन्त्रालयमा जानकारी गराएका छौं । विज्ञापनको प्रक्रिया अघि बढेका कारण पुरानै लयमा सेवा प्रवाह उपलब्ध गराउन केही समय लाग्ने छ ।”
स्थायी स्वास्थ्यकर्मी र अस्पताल ब्यवस्थापन समितिले नियुक्त गरेका स्वास्थ्यकर्मीको भरमा ओपीडी, इन्डोर, दाँत, नाक, कान, घाटी, स्त्रीरोग ल्याव, एक्सरे, डायलसिस, फार्मेसी, विलिङ, दर्ता, इन्डोर र इर्मजेन्सीको सेवा चलाएका छन् । अस्पताल व्यवस्थापन समितिले विभिन्न स्रोतबाट नियुक्त गरेका मेडिकल अफिसर, स्टार्फ नर्स, ल्याब टेक्निसियनको भरमा अस्पताल चलिरहेको छ । अध्यक्ष सुवेदीले सेवाग्राहीलाई स्वास्थ्य सेवा लिन आउँदा धैर्यता गरिदिन आग्रह गर्दै सरकारी प्रक्रियाले केही समयमा सबै सेवा गुणस्तर उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
सदरमुकाम बेनीमा ५० बेडको बेनी अस्पताल भने पनि न्यूनतम सेवा मापदण्डअनुसारको भौतिक पूर्वाधार, दक्ष जनशक्ति र भरपर्दो स्वास्थ्यमैत्री वातावरण तयार गर्न जिल्लाका सबै सरोकारवालाको ध्यान जानुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्