प्रधानाध्यापक सरुवाको माग गर्दै विद्यालयमा तालाबन्दी «

प्रधानाध्यापक सरुवाको माग गर्दै विद्यालयमा तालाबन्दी

डडेल्धुराको उग्रतारा माविमा प्रधानाध्यापकको सरुवाको माग गर्दै स्थानीयले विद्यालयमा तालावन्दी गरेका छन् । प्रधानाध्यापक चन्द्रबहादुर शाहुले विद्यालयमै लेखापाल टीका ऐरमाथि कुटपिट गरेका कारण विद्यालयमा तालावन्दी गरेका हुन ।
अमरगढी नगरपालिलका–७ को उग्रतारा माविका लेखापाललाई कुटपिट गरेपछि स्थानीय आक्रोसित भएर आइतबार बिहान विद्यालय हाताभित्र प्रधानाध्यापकको कोठामा ताला लगाएको स्थानीय शेरबहादुर भण्डारीको भनाइ छ । स्थानीयले विद्यालय जस्तो ठाँउमा हातपात गरेर निन्दनीय कार्य गरेको र विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुनुपर्ने र प्रधानाध्यापको सरुवा उनीहरूको माग छ ।
कुटपिटबाट लेखापाल ऐर घाइते भएका छन् । लेखापाल ऐरको खुट्टा, पिठ्यँुमा चोट लागेको स्थानीयको भनाइ छ । लेखापाल ऐरले मदिरा सेवन गरी बिहीबार साँझआफूलाई गालीगलौज गर्नुका साथै आफ्नो चरित्र हत्या गरेको प्रधानाध्यापक चन्द्रबहादुर शाहुले बताए ।
प्रधानाध्यापक शाहुले लेखापालले विद्यालयको हिसाबकिताब दुरुस्त राख्न नसक्ने गरेको गुनासो आफूसँग समेत गरेको उनको भनाइ छ । उग्रतारा माविमा तालाबन्दीका कारण पढाइ प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्