Logo

युद्धस्तरमा निर्माण कार्य अगाडि बढाउन निर्देशन

मन्त्री अथकद्वारा मूलपानी रंगशालाको अनुगमन

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरे । निरीक्षणका लागि सोमबार बिहान मूलपानी पुगेका मन्त्री अथकले निर्माणाधीन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिएका छन् ।

आगामी २ वर्षभित्रै सम्पन्न हुने गरी निर्माण कार्य अगाडि बढाउन निर्देशन दिँदै मन्त्री अथकले गुणस्तरीयताका लागि प्राविधिक पाटोलाई समेत ख्याल गर्नुपर्ने बताए ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसहित रंगशालाको निरिक्षणमा पुग्नुभएका मन्त्री अथकले खेलकुदलाई उद्योगका रूपमा विकास गर्नुपर्ने बताउँदै त्यसका लागि सबै खेलप्रेमीको इमान्दार प्रयासको आवश्यकता रहेको बताएका थिए ।

अनुगमन तथा निरक्षणका क्रममा मन्त्री अथकले त्यहाँ अभ्यासरत खेलाडीहरूसँग भेटघाट गरी उनीहरूको हौसलासमेत बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस्