ग्लोबल आईएमई बैंकको ६ शाखारहित बैंकिङ सेवा

ग्लोबल आईएमई बैंकले विभिन्न जिल्लाहरूमा थप ६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका–७, तेबाङमा १३३ औँ, कैलाली जिल्लाको बर्दगोरीया गाउँपालिका–४, मुढा बजारमा १३४ औँ, बाग्लुङ्ग जिल्लाको बाग्लुङ नगरपालिका–१४, हटियामा १३औँ, सिराहा जिल्लाको अर्नामा गाउँपालिका–३, रामजानकी बजारमा १३६ औँ, पाल्पाजिल्लाको पुर्वखोला गाउँपालिका–४, देवीनगरमा १३७ औँ र बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–७, रेश नुन्थलामा १३८ औँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।
यी ६ वटै शाखारहित बैंकिङ सेवाहरू स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवी तथा स्थानीयवासीहरूको रोहवरमा उद्घाटन भएका छन् । यसका साथै बैंकले अत्तरीया शाखामा १४५ औं एटीएम पनि सञ्चालनमा ल्याएको जनाएको छ ।