Logo

लुम्बिनी विकास बैंकको सीईओमा पुनः बोहरा

लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृतमा नरेशसिंह बोहरा पुनः नियुक्र भएका छन् ।
बैंकले सोमबारबाट लागू हुने गरी बोहरालाई पुनः सीईओमा नियुक्त गरेको हो । सो पदबहाली कार्यक्रममा बैंकका सञ्चालक समितिका मनोनित अध्यक्ष प्रविणकृष्ण श्रेष्ठ, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल, नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, विभागीय प्रमुखहरु, शाखाप्रबन्धकलगायत कर्मचारी उपस्थित रहेको बैंकले जनाएको छ ।
बोहराले यस बैंकको पहिलो कार्यकालमा उल्लेख्य सफलता हासिल गर्दै एक उत्कृष्ट बैंकको रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । उनको कार्यकालमा बैंकको चुक्ता पु‘जी २.१० अर्बबाट वृद्घि भएर ३.२८ अर्ब पुगेको छ । बैंकको निक्षेप २२.९६ अर्बबाट वृद्घि भएर ४५.१४ अर्ब पुगेको छ भने बैंकको कर्जा लगानी २२.७५ अर्बबाट वृद्घि भएर ४१.१३ अर्ब पुगेको छ । बोहराको कार्यकालको ४ वर्षमा बैंकका सेयरधनीलाई कुल ६०.७५ प्रतिशत लाभांस वितरण गरिएको बैंकको दावी छ । बैंकको निष्कृय कर्जा ३.३४ प्रतिशतबाट घटेर १.६८ प्रतिश कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्