लक्ष्मी लघुवित्तको किस्ता खल्तीबाट भुक्तानी गर्दा छुट पाउने «

लक्ष्मी लघुवित्तको किस्ता खल्तीबाट भुक्तानी गर्दा छुट पाउने

डिजिटल भुक्तानी सेवा प्रदायक एप खल्तीले लक्ष्मी लघुवित्त वित्तीय संस्थासँग सहकार्य गरेको छ ।
योसँगै अब ग्राहकले मासिक किस्ता अर्थात् ईएमआई भुक्तानी गर्न पाउने कम्पनीले जनाएको छ । साथै खल्तीबाट लक्ष्मी लघुवित्तको ईएमआइ भुक्तानी गर्ने प्रयोगकर्ताले प्रोमोकोड लक्ष्मीईएमआई प्रयोग गरी ५ प्रतिशत क्यासब्याक (५० रुपैयाँसम्म) पनि प्राप्त गर्नेछन् । यो अफर भदौ ३१ सम्म लागू हुने कम्पनीले जनाएको छ ।
खल्ती तथा लक्ष्मी लघुवित्तका ग्राहकलाई किस्ता भुक्तानी गर्न यो सहकार्यले सहज हुनेछ । साथै भुक्तानी गर्न कार्यालयसम्म जानको लागि समय निकाल्ने वा भुक्तानी गर्नै ढिलो हुनेजस्ता समस्याहरुबाट छुटकारा दिने अपेक्षा लिइएको कम्पनीले जनाएको छ ।
लक्ष्मी लघुवित्तको किस्ता भुक्तानी ‘खल्ती’बाट गर्न खल्ती होम स्क्रिनमा ईएमआई सेक्सनमा जानुपर्नेछ । त्यसपछि लक्ष्मी लघुवित्तलाई छनौट गरी आवश्यक विवरण भर्नुपर्नेछ । त्यसपछि ‘प्रोसिड टु पे’मा ट्याप गरेर भुक्तानी पूरा गर्न सकिने कम्पनीले जनाएको छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्ती र लक्ष्मी लघुवित्तका प्रयोगकर्ताहरूले यस सेवाबाट धेरै लाभ लिनसक्ने कुरामा विश्वस्त रहेको जानकारी दिए । पाँच हजारमाथिको नवीकरण ईएमआई भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरिफाई गराएको हुनुपर्ने कम्पनीको भनाइ छ ।
बैंक खाता खल्तीमा लिङ्क गर्ने प्रयोगकर्ताहरूले केही ट्यापहरूमार्फत आफ्नो ईएमआई र पानी, इन्टरनेट, बिजुली, र सरकारी राजस्व जस्ता अन्य बिलहरू भुक्तानी गर्न प्रत्यक्ष भुक्तानी गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्