फिल्म राधाको पाउमा पाउजु सार्वजनिक

नेपाली चलचित्र राधाको तिज विशेष गीत रिलिज भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच पाउमा पाउजु बोलको गीत सार्वजनिक भएको हो ।
नायिका प्रियंका कार्की र श्रृष्टि श्रेष्ठको नृत्य रहेको गीत पशुपति वृद्धाश्रम परिसरका क्षेत्रमा छायांकन गरिएको थियो । गीतमा सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर रहेको छ भने गीतको संगीत गायक कालीप्रसाद बाँस्कोटाले भरेका छन् । सिर्जना खत्रीको शब्द रहेको गीतको भिडियो कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै निर्देशक एवं नायक खगेन्द्र लामिछानेले फिल्मको ट्रेलरको प्रतिक्षामा रहेको प्रतिक्रिया दिए ।
उनले फिल्म निर्माण कर्ताको रुपमा प्रवेश गरेका नायक सौगात मल्ललाई शुभकामना दिए । त्यस्तै गायक कालीप्रसाद बाँस्कोटाले तिजको गीतमा काम गर्न गाह्रो भएपनि काम सकिएपछि खुसी लागेको बताए । त्यस्तै गायिका सिर्जना खत्रीले आफ्नो गीत आफैंले लेख्ने गरेको भए पनि फिल्ममा अरुको लागि गीत लेख्न दिएकोप्रति खुसी लागेको बताए ।
त्यस्तै नायिका प्रियंका कार्कीले चलचित्र क्षेत्रमा कमब्याक गर्नको लागि यो फिल्मले भूमिका दिएकोमा खुसी व्यक्त गरे । त्यस्तै नायक सौगात मल्लले गीत हेरेर राम्रो लागेको बताए । उनले फिल्ममा सोचेको भन्दा राम्रो गीत पाएको बताए । त्यस्तै नायिका श्रृष्टि श्रेष्ठले फिल्ममा काम गर्ने अवसर पाएकोमा खुसी लागेको बताए । त्यस्तै नायक निश्चल बस्नेतले राधा फिल्म राम्रो बनेर आउने विश्वास व्यक्त गर्दै निर्माण क्षेत्रमा काम शुरु गरेकोमा नायक मल्ललाई शुभकामना व्यक्त गरे ।
सुवर्ण थापाको निर्देशन रहेको ‘राधा’मा श्रृष्टिसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राईलगायतको मुख्य भूमिका छ । फिल्ममा सौगातसहित देवकी विष्ट र विक्रम दास जोशी पनि निर्माताको रूपमा छन् । फिल्म आउँदो भदौ १० गतेका लागि प्रदर्शनीको मिति तोकिएको छ ।