Logo

सानिमा बैंकको मासिक ब्याजमा विशेष योजना

नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरुमा मासिक ब्याज प्रदान गर्ने भएको छ ।
बैंकले नेपाली तथा विदेशी मुद्राहरु अमेरिकी डलर, युरो, ब्रिटिस पाउण्ड, अस्ट्रेलियन डलर, आदिका खाताहरुमा महिनैपिच्छे ब्याज दिन लागेको हो ।
बैंकका अनुसार यो योजना बचत खाता, कल खाता तथा सम्पूर्ण खाताहरुमा लागू भएको छ । न्यूनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्दति खाता ल्याएको छ ।
मुद्दति निक्षेप रकम परिपक्वता भएपश्चात् एकमुष्ट ५ गुणासम्म भुक्तानी गरिने बैंकले जनाएको छ । व्यक्तिगत ग्राहकलाई आवश्यक परेमा निक्षेपको ९० प्रतिशतसम्म ऋण तथा निःशुल्क क्रेडिट कार्डको लिन सक्ने व्यवस्था पनि गरिएको छ ।
त्यस्तै मासिक बचत गरी अधिकतम ब्याज आर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी मासिक प्राप्त ब्याज तथा किस्ता रकम समेत मुद्दतिमा नै जम्मा हुने गरी १ देखि ५ वर्षको सानिमा रिकरिङ्ग खाता समेत सुरु गरेको छ । यसमा भविष्यमा ब्याज घट्ने चिन्ता समेत हुँदैन ।

प्रतिक्रिया दिनुहोस्