Logo

मिर्गाैला बेचबिखनमा संलग्न गिरोह पक्राउ

प्रहरीले मिर्गाैला बेचबिखनमा संलग्न रहेको आरोपमा पाँच जनाको गिरोहलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरुलाई प्रलोभनमा पारी मिर्गाैला बेचबिखनमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, बिमलबहादुर शाही र झापाका आशिष तामाङ छन् । भारतमा गएर मिर्गाैला दान गरेवापत जनही ५ लाख नगद र एउटा नयाँ मोबाइल सेट दिने प्रलोभनमा पारी सडक बालबालिकाहरुलाई भारत लैजाने तयारी भइरहेको सुराकी पाएपछि उनीहरुलाई गत असार २८ गते काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।
पक्राउ परेका उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको पनि व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्