सानिमा लाइफको ब्रान्ड एम्बेस्डर जितु नेपाल र स्वस्तिमा खड्का

सानिमा लाइफ इन्स्योरेन्सले कम्पनीको ब्रान्ड एम्बेस्डरका रूपमा नेपालका चर्चित कलाकारद्वय जितु नेपाल र स्वस्तिमा खड्कालाई दुइ वर्षका लागि अनुबन्धित गरेको जनाएको छ । सोमबर एक कार्यक्रमकाबीच कम्पनीका सञ्चालकहरूको उपस्थितिमा कम्पनीकातर्फ बाट नायव महाप्रबन्धक केशवराज केसी र कलाकारद्वयबीच करार पत्रमा हस्ताक्षर सम्पन्न गरिएको भन्दै कम्पनीले उक्त करारबमोजिम कलाकारद्वयले कम्पनीको आफ्नो लक्षित जीवन बिमाको व्यावसायिक कारोबारका लागि प्रवद्र्धनात्मक विज्ञापनहरू, तथा अन्य कार्यक्रमहरू गर्ने पनि जनाएको छ ।