टेक स्टुडियोले ३ साउनमा दराज ब्रान्ड डे मनाउँदै «

टेक स्टुडियोले ३ साउनमा दराज ब्रान्ड डे मनाउँदै

अनलाइन सपिङ प्लेटफर्म दराजले ब्रान्ड डे सिरिजमा नेपालको एक प्रिमियम स्मार्टवाच र एसेसरिज कम्पनी टेक स्टुडियोका साथमा हाई फ्यूचर, रिम्याक्स, एक्वाफिट र वीवुसहित विभिन्न उत्पादनमा विशेष डिलहरू प्रदान गर्दै आफ्नो प्लेटफर्ममा अर्को ब्रान्ड अनावरण गरेको छ ।
ब्रान्ड डेमा स्मार्टवाचहरू, स्पिकरहरू, टीडब्लुएस इयरबडहरू, ल्यापटपका सामान र अन्य धेरै ब्राण्डहरु उपलब्ध गराएको कम्पनीको भनाइ छ ।
टेक स्टुडियो एक घरेलु नेपाली ब्रान्ड हो जसले सामाजिक सञ्जालमा यसको रमाइलो समीक्षाले ग्राहकबीच उत्कृष्ट प्रतिष्ठा हासिल गरेको प्रमाणित गरेको दावी गरेको छ । उच्च गुणस्तरका ब्रान्डहरूको दायरा, त्यो पनि किफायती दरमा ल्याएर टेक स्टुडियो नेपालमा एक अग्रणी स्मार्टवेयर र एसेसरिज कम्पनी साबित हुँदै गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्