Logo

एनआईसी एसिया बैैंकको सर्वश्रेष्ठ १० गुणा मुद्दति योजनाको म्याद थप

एनआईसी एशिया बैंकले १२ असारदेखि आसार मसान्तसम्मको लागि ल्याएको निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ आउन मसान्तसम्म निरन्तरता दिने भएको छ ।
यस योजनामा देश तथा विदेशमा बसेका नेपाली तथा विभिन्न संस्थाहरूले देखाएको अभूतपूर्व सहभागिता, रुचि एवं चासोलाई सम्मान गर्दै बैंकले यस योजनालाई थप एक महिनाका लागि निरन्तरता दिने निर्णय गरेको हो ।
यस योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दति खातामा रकम जम्मा गरे अनुसार दुई गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् भने आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जासमेत लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्